जर्मनीको चर्चित ‘बियर फेस्टिभल’ यस वर्ष नहुने

 बैशाख ९, २०७७ मंगलबार १५:४६:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण थप फैलिन नदिन जर्मनीमा यस वर्ष चर्चित बियर फेस्टिभल (अक्टोबरफेस्ट) नहुने भएको छ ।

जर्मनीमा हरेक वर्ष यस कार्यक्रमको आयोजना हुन्छ, जसमा झण्डै ५० देखि ६० लाख मानिस सहभागी हुन्छन् । यस वर्ष यो फेस्ट १९ सेप्टेम्बरदेखि ४ अक्टोबरको बीच हुने तय भएको थियो । तर विश्वभर कोरोनाको प्रकोप बढिरहेको हुँदा जर्मनीले बियर फेस्टिभल रद्द गरेको हो ।

बियर फेस्टिभल रद्द हुँदा म्युनिखको अर्थव्यवस्थामा नराम्रो असर पर्नेछ । समाचार एजेन्सी रोयटर्सका अनुसार बियर फेस्टिभलबाट म्युनिख शहरले हरेक वर्ष झण्डै १ दशमलव ०७ बिलियन डलर कमाइ गर्छ ।

कोरोना भाइरसबाट जर्मनी पनि प्रभावित भएको छ । जर्मनीमा अहिलेसम्म एक लाख ४७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने चार हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ ।

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया