अध्यादेशले राजनीतिलाई नै 'कलङ्कित' बनाएको राजपा नेपालको ठहर

 बैशाख ९, २०७७ मंगलबार २०:४३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - राष्ट्रिय जनता पार्टी नेपालले सरकारले सोमबार ल्याएका दुई वटा अध्यादेशले राजनीतिलाई नै कलङ्कित बनाएको प्रतिक्रिया दिएको छ । 

राजपाको अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीले मङ्गलबार  आज विज्ञप्ति निकालेर विश्व नै कोरोनाको महामारीले थलिएका बेला अध्यादेश ल्याउनु असामयिक र संवेदनहीन निर्णय भएको बताउनुभएको हो । 

उहाँले यसले समग्र राजनीतिलाई नै कलङ्कित बनाएको राजपाको ठहर रहेको बताउनुभएको हो । राजनीतिक दल विभाजन गर्न सजिलो बनाउने गरी ल्याइएको अध्यादेशले जनभावना विपरीत स्थिरता स्थायित्व आर्थिक समृद्धिकाे मान्यताविरुद्ध र देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भएकाले तत्काल अर्को निर्णय गरी अध्यादेश खारेज गर्न राजपाले माग गरेको छ । 

यस्तै संवैधानिक परिषद्का विपक्षी दलका नेतालाई भूमिकाविहीन बनाइ संवैधानिक निकायमा आफूखुसी नियुक्ति गर्न तथा देशलाई एकात्मकता, निरङ्कुशता र अधिनायकवादतर्फ लैजाने मनसाय स्पष्ट भएको आरोप पनि राजपा नेपालले लगाएको छ । 

सरकारको यो कदमले राजपालाई कुनै असर नपार्ने दाबी गर्दै कोरोनाको जोखिम कम गर्न सबैले आ–आफ्नो ठाउँमा दत्तचित्त भएर लाग्न पनि राजपा नेपालले आग्रह गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया