रातु नदीको पुल बन्यो, साउनभित्रै गाडी चल्ने

 साउन १४, २०७५ सोमबार ८:३८:२२ | रासस

महाेत्तरी – पूर्वपश्चिम राजमार्गको महोत्तरी र धनुषा जिल्लाको सीमा नदी रातुमा निर्धारित अवधिभन्दा १६ महिनाअघि नै नयाँ पुल निर्माण कार्य सम्पन्न हुने भएको छ ।

२०७३ साल असार २९ मा सम्झौतापत्रमा हस्ताक्षर गरेको निर्माण कम्पनी कालिका टु दी रसुवा जेवी काठमाडौँले २०७६ साल पुस मसान्तमा पुल निर्माण सम्पन्न गर्ने बताएको थियो । २५० मिटर लम्बाइ र १०.९० मिटर चौडाइको यो पुल निर्माण काम सकिएर यसै साउन मसान्तभित्रै प्रयोगमा ल्याउने तयारी भएपछि अहिले निर्माण कम्पनीको तत्परताको सबैले सराहना गरेका छन् । 

“पूर्वपश्चिम राजमार्ग र राजधानी काठमाडौँसँग जोड्ने यो पुल लाइफलाइन नै हो” निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुंगेलले सञ्चारकर्मीसँग भन्नुभयो–, “हामीले रात दिन मिहिनेत ग¥यौँ, पुल निर्माणको कार्य सकिएको छ, अब रेलिङ फिटिङ, दुवै छेउमा स्ल्याभ राखेर छेउछेउमा माटो पुर्ने काम गर्दैछौँ, यसै महिनाको अन्त्यसम्म पुल प्रयोगमा आइसक्छ ।” 

पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खाँबा (पाया) भाँसिएपछि आवतजावतमा कठिनाइ भएसँगै सरकारले नयाँ पुल निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो । यो पुल २४ करोड ६० लाख ठेक्का बोलकबोलअनुसार निर्माण सम्पन्न भएको हो । 
पुलका पाया भाँसिएसँगै खोलाबाट बनाइएको डाइभर्सन बाढीले लगातार भत्काउँदै लगेपछि गत वर्ष भाँसिएको पुलमा बेलीबृज जडान गरेर यातायात सञ्चालन गरिएको थियो ।

पुल चाँडै बनेर प्रयोगमा आउने भएपछि साँघुरो बेलीबृजका कारण हुँदै आएको ट्राफिक जामबाट मुक्ति पाइने सवारीसाधनका चालकले बताएका छन् । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया