कोरोना भाइरस : सबैभन्दा प्रभावित प्रदेश १, कर्णाली प्रदेशमा सङ्क्रमण देखिएन

 बैशाख २३, २०७७ मंगलबार १०:३४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना सङ्क्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म सङ्क्रमण देखिएको छैन । 

कुल सङ्क्रमितको सङ्ख्या ८२ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा सङ्क्रमण देखिएको प्रवक्ता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

यसैगरी प्रदेश नम्बर ५ मा २४ र प्रदेश नम्बर २ मा १३ जनामा सङ्क्रमण देखिएको छ । यस्तै वाग्मती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ र गण्डकी प्रदेशमा २ जनामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । सङ्क्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ६६ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको बताइएकाे छ ।  

अहिले एक सय ६ जना शङ्कास्पद बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा एक र उपत्यकाबाहिर एक सय पाँच जना उपचाररत रहेका छन् । देशभरि २१ हजार पाँच सय २३ जना क्वरेण्टीनमा रहेका छन् । 

अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ६ सय ४० जनाकाे नमुना परीक्षण भएको छ । आरडीटी विधिबाट ५० हजार आठ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा एक हजार तीन सय ८२ जनाको परीक्षण भएको छ । 

प्रदेश नम्बर १ मा पाँच हजार आठ सय ३७, प्रदेश नम्बर २ मा पाँच हजार सात सय ३६ र वाग्मती प्रदेशमा आठ हजार ६ सय १० जनाको आरडीटी परीक्षण भएको छ ।

यस्तै गरी गण्डकी प्रदेशमा पाँच हजार आठ सय ८२, प्रदेश नम्बर ५ मा चार हजार आठ सय ३१, कर्णाली प्रदेशमा आठ हजार एक सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार एक सय ३६ जनाको आरडीटी परीक्षण भएको प्रवक्त देवकोटाले बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया