क्रिकेटलाई माथि उठाउन भारतले २ वटा राष्ट्रिय टिम बनाउने संकेत

 बैशाख २८, २०७७ आइतबार ६:५०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसका कारण क्षतिग्रस्त बनेको क्रिकेटलाई माथि उठाउनका लागि भारतले २ वटा राष्ट्रिय टिम बनाउने संकेत गरेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले टेस्ट र एक दिवसीय टिम बनाउने तयारी गरेको खबर भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेका छन् । बीसीसीआईले प्रस्ताव गरेको यो उपाय पारि भएमा दुई टिम बन्न सक्ने जनाइएको छ ।

यदि यस वर्षको आईपीएल क्रिकेट रद्द भएमा २८ सय करोड भारतीय रुपैयाँ नोक्सान हुने छ । अहिलेको अवस्थामा कहिले क्रिकेट शुरु हुने भन्ने अनिश्चित भएकाले नोक्सानको भरपाई गर्नका लागि २ टिम बनाउन उपयुक्त हुने बताइएको छ ।

बीसीसीआईका एक अधिकारीका अनुसार दुई टिम बनाएर स्टेकहोल्डर तथा दर्शकहरुलाई बचाउनका लागि यो उपयुक्त विकल्प हुने छ ।

यदि भारतले दुई टिम बनाएमा यस्तो गर्ने दोस्रो देश पनि बन्ने छ । यसअघि अस्ट्रेलियाले २०१७ मा यो लागू गरिसकेको छ । अस्ट्रेलियाले एडिलेडमा श्रीलंकाविरुद्ध टी-२० खेलेको थियो भने अघिल्लो दिन भारतको पुणेमा टेस्ट म्याच पनि खेलेको थियो ।

श्रीलंकाविरुद्धको टी-२० मा अस्ट्रेलियाका एरोन फिन्चले कप्तानी गरेका थिए । यता भारतमा भएको टेस्टमा स्टेभन स्मिथले कप्तानी गरेका थिए ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया