नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १३४ पुग्यो, थप १३ जनामा सङ्क्रमण पुष्टि

 बैशाख २९, २०७७ सोमबार १९:३४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा आज एकैदिन २४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

अहिले बेलुकी कपिलवस्तुमा थप ६ जना, रुपन्देहीमा ६ र बर्दीयामा एक जना गरी १३ जनामा कोरोना पुष्टि भएसँगै एकैदिन २४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि बिहानमात्रै कपिलवस्तुमा १० तथा सप्तरीमा एक जनामा कोरोना पुष्टि भएको थियो । यसअघि पर्साका १७ जनामा एकैदिन कोरोना पुष्टि भएपछि आज धेरै सङ्क्रमित भेटिएका हुन् ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका ८ र बुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा काेराेना पुष्टि भएकाे हाे । साथै रुपन्देही, समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुष र बर्दिया राजापुरकी ११ वर्षकी बालिकामा कोरोना पुष्टि भएको हो ।

रुपन्देही र कपिलवस्तुमा कोरोना पुष्टि भएका १२ जनालाई बुटवलमा रहेको कोरोना विशेष अस्पताल लैजाने तयारी गरिएको छ । यस्तै बर्दीयामा भेटिएका काेराेना सङ्क्रमितलाई बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा लैजाने तयारी गरिएको मन्त्रालयका सहप्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

आज बिहान कोरोना पुष्टि भएका कपिलवस्तुका १० जनालाई बुटवलको कोरोना अस्पताल तथा सप्तरीका युवकलाई गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ ।

अहिलेसम्म कोरोना पुष्टि भएकामध्ये ३३ जना निको भएर घर फर्किएका छन् । १२ हजार सात सय एक जना क्वरेण्टीनमा रहेकाे र एक सय ५३ जना आइसोलेशनमा रहेकाे मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया