ब्यक्तिगत घटना दर्ता समयमै गर्दा के के फाइदा हुन्छ ?

 साउन १५, २०७५ मंगलबार १३:४३:३५ | उज्यालो सहकर्मी

काम साँची आफूलाई, खान साँची अर्कालाई भन्छन् बुढापाका । ब्यक्तिगत घटना दर्ता नगरि बस्नु भनेको पनि पछिसम्म आफ्नै लागि काम साँचेर राख्नु जस्तै हो । बेलैमा जन्मदर्ता नगर्दा केटाकेटीलाई बिद्यालय भर्ना गर्न समेत पाईदैन । बिवाह दर्ता नगर्दा नाता प्रमाणित गर्ने कानूनी कागज हातमा हुँदैन । जन्मदेखि मृत्युसम्मका हरेक घटना दर्ता गरेको खण्डमा सरकारी अड्डामा फटाफट काम हुन्छ । त्यसैले, आफूसँग सम्बन्धित सबै घटना ३५ दिन भित्र वडा कार्यालयमा दर्ता गरि हाल्नु पर्छ । नत्र कतिबेला कहाँ अप्ठेरो पर्छ भन्न सकिन्न । त्यसैले त भनेको ब्यक्तिगत घटना दर्ता नगर्नु भनेको काम साँचेर पछिका लागि दु:ख बोकर राख्नु जस्तै हो । 

व्यक्तिगत घटना दर्ताका बारेमा विस्तृत जानकारी एन्ड्रोइड मोवाइलको थाहा छ (Thaha Chha) मोवाइल एप्लिकेसनबाट पनि लिन सकिन्छ । थाहा छ एप्लिकेसन प्ले स्टोरमा गई डाउनलोड गर्न सकिन्छ । थाहा छ एप्लिकेसन एकपल्ट डाउनलोड गरिसकेपछि इन्टरनेट नहुदाँ पनि चल्छ ।

यो सामग्री मानव अधिकारका लागि महिला, एकल महिला समूह र अक्फाम नेपालको सहयोगमा तयार पारिएको हो ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह सम्बन्धि थप जानकारीका लागि

फेसबुक: https://www.facebook.com/WHRnepal/

ट्वीटर: https://twitter.com/WHRNepal

वेवसाइट: http://whr.org.np/

इमेल: [email protected] 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया