टाइगर कप भलिबलः महिला तर्फ एपीएफ र न्यू डायमन्ड विजयी, तेश्रो...
माघ १२, २०८१ शनिबार
रुपन्देही - रोजगारीका सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपाली रोजगारदाता कम्पनी बन्द भएपछि धमाधम घर फर्किएका छन् ।
कम्पनीले बेतलबी बिदा दिएपछि घर जान हिँडेकाहरु केही दिनदेखि सीमावर्ती भारतीय क्षेत्रमा बनाइएका क्वरेन्टीनमा बसेका थिए । एक हप्तादेखि उनीहरु स्वदेश फिर्ता हुने क्रम बढेको हो । अहिलेसम्म रुपन्देहीको बेलहिया नाकाबाट एक हजार २०९ जना स्वदेश फिर्ता भइसकेका छन् ।
दिनभर सीमा क्षेत्रमा स्वदेश फर्कनेको लर्को लागेकोे बेलहियाका रामबहादुर बस्नेतले बताउनुभयो । शनिबार क्षेत्रमा देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी प्रवासी नेपालीलाइ लिन पुग्नुभएको थियो ।
यसैबीच नेपालका विभिन्न क्वरेन्टीनमा बसेका १३२ भारतीय घर फर्केका छन् । स्वास्थ्य जाँच गरी रिपोर्ट नेगेटिभ आएको हुनाले तिनलाई आफ्नो देश पठाइएको हो । शुक्रबार मात्रै भारतबाट २ सय ३९ जना प्रवासी स्वदेश फिर्ता भएका थिए ।
शुक्रबार आएकामध्ये २१३ जना कञ्चन गाउँपालिका र २६ जनालाई सिद्धार्थनगर नगरपालिकाको क्वारेन्टिनमा राखिएको थियो । बेलहिया नाकाबाट यसअघि पहिलो चरणमा ३ सय १०, दोस्रो चरणमा ४ सय ९५, तेस्रो चरणमा २ सय ३९ र चौथो चरणमा १ सय ६५ जना प्रवासी घर फर्केका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
प्रवेश धामी
May 17, 2020, 6:59 a.m.यो निकै नै स्वागतयोग्य काम हो आफ्ना नागरिकको स्वास्थ्य परिक्षण गरि नेपालमै क्वारेन्टाइन हुनुपर्छ । सिमामा अड्केका र भारतका अन्य ठाँउमा फसेका नागरिकको चुस्तदुरुस्त उद्धार हुनुपर्छ ,धन्यवाद