अब पैसा तिरेर कोरोना परीक्षण गर्न सकिने

 जेठ ६, २०७७ मंगलबार १९:२५:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अब कोरोना भाइरसको लक्षण नदेखिए पनि शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएको छ ।

स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दरमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभयो ।

मन्त्रालयको अनुसार अनुमति लिएर निजी तथा सामुदायिक अस्पतालहरुले पीसीआर/आरडीटी परीक्षण गर्न पाउने भएका हुन् ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना भाइरसको परीक्षणमा सहजता प्रदान गर्न निजी तथा सामुदायिक अस्पतालहरुलाई कोरोना परीक्षण गर्न पाउने गरी निर्देशिका जारी गरिएको बताउनुभयो ।

परीक्षणपछि दैनिक रुपमा अस्पतालहरुले त्यसको विवरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशालामा पेस गर्नुपर्ने छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Khim Bahadur Shrestha

    May 20, 2020, 1:05 p.m.

    म यक्लो मान्छे, यदि मलाई कोरोनाको लक्षन देखियपनि मैले 15000 तिरेर कसरि चेक गराउने मलाई कस्ले दिन्छ र पैसा? यतिदिन लकडाउन भयो अनिकाल ले मर्ने बेला भैसक्यो।

  •  0 Reply
  • अशोक चौधरी

    May 19, 2020, 8:38 p.m.

    एस्तो कोरोनाको महमरिमा पनि पैसा तिरेर कोरोना परिक्षण गर्न अलि सुहाएन सर्कार । परिक्षण को लागि सबै नागरिक आर्थिक सहयोग गर्नुपर्छ तर कोरोना परिक्षण इच्छुक लाई पनि निशुल्क हुनपर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया