अघिल्लो दिनसम्म मासु खाँदै गरेको पाटेबाघ मरेको अवस्थामा भेटियो

 साउन १५, २०७५ बुधबार ५:३८:९ | रासस

चितवन - चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरास्थित खोरमा राखिएको दुर्लभ पाटेबाघ मंगलबार मरेको छ । 

दाहिने खुट्टाको पञ्जामा लागेको चोटका कारण इन्फेक्सन भएर पाटेबाघ मरेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिनुभयो । 

करीब १०–११ वर्षको त्यो बाघलाई तीन महिनाअघि पूर्वी चितवनको खगेन्द्रमल्ली रेञ्जपोष्टअन्तर्गत पर्ने राप्ती एकता मध्यवर्ती सामुदायिक वनबाट उद्धार गरी खोरमा ल्याएर राखिएको थियो । 

“हिजोसम्म राम्ररी मासु खाँदै थियो”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भन्नुभयो, “आज मासु हाल्न जाँदा मरेको भेटियो ।” आठ–दश दिनदेखि बिरामी परेको बाघलाई पशुचिकित्सक डा कमल गैरेको नेतृत्वको टोलीले उपचार गरिरहेको भए पनि सफल हुन नसकेको ढकालको भनाइ छ । 

बाघले त्यस क्षेत्रमा करीब २० वटा जति पशुवस्तु खाएको थियो भने एक जना मानिसलाई समेत आक्रमण गरी घाइते बनाएपछि निकुञ्जले नियन्त्रणमा ल्याएर खोरमा राखेको थियो । 
 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया