दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
डोटी - सुदूरपश्चिम प्रदेशमा पाँच दिनसम्म पीसीआर परीक्षणका लागि ‘थ्रोट स्वाव’ संकलन नगर्न निर्देशन गरिएको छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले शुक्रबार सूचना निकालेर ५ दिनसम्म थप थ्रोट स्वाब संकलन नगर्न मातहतका निकायहरुलाई निर्देशन गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा हाल एउटा मात्रै ‘आरटीपीसीआर’ प्रयोगशाला रहेको र प्रयोगशालामा नौ जिल्लाबाट आएका हजारौँ किट स्वाब परीक्षण गर्न बाँकी रहेको छ ।संकलित स्वाब धेरै दिन राख्दा बिग्रने भएकाले ५ दिनसम्म ‘थ्रोट स्वाब’ संकलन नगर्न निर्देशन दिएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीसँग भएको मेसिनको क्षमता जम्मा २५० मात्रै छ, एक हजार ८३ स्वाब परीक्षण गर्न बाँकी रहेकाले केही दिन स्वाब संकलन कार्य रोकेर फेरि पठाउन सूचना जारी गरेका हौँ ।’
प्रदेश स्वास्थ्य निर्देशनालयले ‘थ्रोट स्वाव’ संकलन नगर्न निर्देशन दिएपछि यहाँका सबै जिल्लामा स्वाव’ संकलन कार्य रोकिएको छ ।
‘थ्रोट स्वाव’ संकलन कार्य रोक्न परिपत्र आएपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘किट आएसँगै हामीले ‘थ्रोट स्वाव’ संकलन गर्न गाउँ गाउँका क्वरेन्टीनमा स्वास्थ्यकर्मीको टोली पठाएका थियौँ, रोक्नु भन्ने खबर आएपछि समस्या भएको छ ।’