मालपोत कार्यालय आइतबारदेखि खुल्ने

 जेठ २४, २०७७ शनिबार १२:५१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भोलि आइतबारदेखि मालपोत कार्यालय खुल्ने भएका छन् ।

कोरोना रोकथामको लागि सरकारले गरेको लकडाउनका कारण बन्द रहेका सबै मालपोत कार्यालय भोlलि आइतबारदेखि खोल्न भूमि व्यवस्था तथा अभिलेख विभागले पत्र पठाएको छ । साढे २ महिनादेखि कार्यालय बन्द हुँदा मालपोत सम्बन्धी काम भएका छैनन् ।

विभागले आइतबारदेखि कार्यालय प्रमुख र कर्मचारी अनिवार्य रुपमा उपस्थित हुनुपर्ने र सुरक्षाका उपाय अपनाएर आन्तरिक प्रशासनिक तथा अन्य अत्यावश्यक काम सुरु गर्न निर्देशन दिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • ramesh uprety

    June 6, 2020, 3:05 p.m.

    उच्च जोखिम रहेको झापामा मालपोत खोल्नु सान्दर्भिक छ र??सरकारले जोखिम नभएको क्षेत्रहरू निर्धारण गरेर मात्र खुलाये कसो होला

  •  0 Reply

तपाईको प्रतिक्रिया