दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडौं – सांसद निरुदेवी पालले साउन १५ गते साँझ दूध किनेर फर्कँदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै सांसद पालले आफूमाथि भएको घटनाले सदनलाई जानकारी गराउँदै त्यसको समग्र मुुलुकभरको सुरक्षा चुनौतीलाई देखाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
पेस्तोल देखाउदैमा आफू नडराउने भन्दै उहाँले भन्नुभयो, ‘निरु पाललाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने कसैले सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुनेछ । निरुपाल धम्कीले डराउने वाला छैन । म त २०१४ मै मरिसकेको मान्छे । हालका प्रधानमन्त्री र राष्ट्रपति हुनु हँुदैनथ्यो भने म त्यत्तिबेलै मरिसकेको मान्छे । मेरो त यो नाफाको जिन्दगी हो । मेरो अन्तिम सास रहनेबेला सम्म म लडिरहनेछु । म पेस्तोल देखाउँदैमा डराउने मान्छे म होइन ।’