वनभोज खान गएका साथीको हत्या आरोपमा दुई जना जेल चलान

 असार १९, २०७७ शुक्रबार १०:१:१५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

स्याङ्जा – आफ्नै साथीको हत्याको आरोप लागेका दुई जनालाई जिल्ला अदालत स्याङजाले पूर्पक्षका लागि जेल जलान गरेको छ ।

गल्याङ नगरपालिका–४ का ३२ वर्षीय पदमप्रसाद पाण्डेको हत्याको आरोप लागेका स्थानीय चन्द्रकान्त न्यौपाने र नाउदेउ न्यौपाने पूर्पक्षका लागि जेल चलान भएका हुन् । गएको जेठ २१ गते साथीहरुसँगै वनभोज गएका पाण्डे जेठ २२ गते मृत अवस्थामा फेला पर्नुभएको थियो ।

घटनालगत्तै वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी निरीक्षक निरञ्जन घिमिरे नेतृत्वको टोलीले अनुसन्धानका लागि चन्द्रकान्त न्यौपाने र नाउदेउ न्यौपानेलाई पक्राउ गरेको थियो । मृतक पाण्डेकी श्रीमतीले घटना रहस्यमय रहेको र हत्या नै भएको भन्दै किटानी जाहेरी समेत दिनुभएको थियो ।

गल्याङ सेतिबेणी ग्रामिण कच्ची सडक अन्तर्गत पर्ने गल्याङ नगरपालिका–५ सपौदेको भीरमा पाण्डे मृत अवस्थामा फेला परेका थिए । अनुसन्धानका क्रममा उनीहरु बीचमा झगडा भएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया