कैलालीमा झुण्डमै देखिन थाल्यो सलह

 असार १९, २०७७ शुक्रबार १०:२९:५५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – गएको शनिबारदेखि नेपाल प्रवेश गरेको सलह कीरा कैलालीमा पनि झुण्डमा देखिन थालेको छ ।

यसअघि झुण्ड टुक्रिएर प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको सलह कीरा अहिले झुण्डमा देखिन थालेको हो । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा सलह  झुण्डमै देखिएको बताउनुभयो । 

'हजारौंको सङ्ख्यामा सलह टीकापुर र धनगढी आसपास क्षेत्रमा प्रवेश गरेको देखिन आएको छ’, उहाँले भन्नुभयो, ‘प्रदेशबासीलाई क्षेत्र अवलोकन गरी छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न तथा ठूलो आवाज निकाली धपाउन आग्रह गर्दछौँ ।'

सलह किरा बिहान ८ बजेसम्म मात्रै देखिने समेत उहाँले बताउनुभयो । कीरा पक्रेर ल्याए प्रति किलो २५ रुपैयाँका दरले प्रदेश सरकारले खरिद गर्ने समेत बताउनुभयो । यसअघि डडेल्धुरामा पनि सलहको झुण्ड देखिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया