सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाडौं – सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई सहयोग नगरेका कारण अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एशोसियशन बंगलादेशले जनाएको छ ।
एशोसिएशनले आइतबार पत्रकार सम्मेलन आयोजना गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थीसँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रुपैयाँसम्म कमिसन लिने गरेको तथा कमिसन बुझाउन नसक्ने विद्यार्थी कालोसूचीमा रहेका कलेजमा पढ्न पठाइने गरेको जनाएको छ ।
एशोसिएशनका अध्यक्ष नवीन यादवले बंगलादेशमा रहेका कूल १०० वटा मेडिकल कलेजमध्ये सरकारबाट सञ्चालित २५ वटा कलेज राम्रो रहे पनि निजी क्षेत्रबाट सञ्चालित अधिकांश कलेज गुणस्तरहीन रहेको तथा ३६ वटा कलेज कालोसूचीमा रहेको बताउनुभयो । उहाँका अनुसार कालोसूचीमा रहेका कलेजमा पढ्ने कतिपय विद्यार्थीले आत्महत्या गर्ने गरेका छन् ।
कन्सल्ट्यान्सीले मोटो रकम कमिसन लिएर कालोसूचीमा रहेको कलेजमा पठाउने गरिनाले त्यहाँ अध्ययनरत आठ हजार विद्यार्थीले पीडा भोग्नुपरेको उहाँको भनाइ छ । अध्यक्ष यादवले ७० प्रतिशत कन्सल्ट्यान्सीले विद्यार्थीलाई ठग्ने गरेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।