सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा इन्डानेशिया जानु भएको छ । इन्डोनेशियाको बालीमा आयोजना हुने मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन अाइतबार बेलुका इन्डोनेशिया जानु भएको हो ।
यही साउन २१ र २२ गते चल्ने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी हुँदैछन् । गृहमन्त्री थापाले साउन २२ गते सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपालसहित चीन, भारत, अष्टेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय विभिन्न एजेन्सीहरु आइओएम, युएनएचसिआर र युएनओडीसीका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुँदैछन् ।
मानव तस्करी, बेचविखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा सदस्य राष्ट्रहरुबीच नीति, निर्माण, सूचना आदानप्रदान र सहकार्य गर्ने उद्देश्यले सन् २००२ मा ‘बाली प्रोसेस’को नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।
गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा अाइतबार बेलुका ९.३० बजे त्यसतर्फ जानु भएको हो । उहाँ साउन २३ गते स्वदेश फर्कनुहुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।