जलेश्वर नगरपालिकामा ५ दिनकाे लागि निषेधाज्ञा जारी

 साउन १६, २०७७ शुक्रबार २१:१९:१४ | धनवीर महतो
unn.prixa.net

महाेत्तरी – कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जलेश्वर नगरपालिकामा पाँच दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी जलेश्वर नगरपालिका भरिमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा लागू भएको समय अवधिभर नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकको कुनै पनि गतिविधि नगर्न र नगराउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो ।

महोत्तरीमा अहिलेसम्ममा आठ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको  छ । यस अवधिमा तीन सय ४४ जना उपचारपछि निको भएका छन् । 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया