आजदेखि लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी, विभिन्न देशका भिक्...
बैशाख २२, २०८१ शनिबार
धनुषा – गलत समूहको रगत चढाएपछि महिलाको ज्यान गएको घटना ५ लाख रुपैयाँमा मिलापत्र भएको छ ।
जनकपुरधामस्थित रामजानकी अस्पतालमा प्रसूति गराउन आएकी महोत्तरीको गौशाला नगरपालिका ११ की २२ वर्षीया गंगा महतोलाई गलत समूहको रगत चढाउँदा शुक्रबार ज्यान गएको थियो ।
आफ्नो गल्ती ढाकछोप गर्न अस्पतालले मृतक परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । पीडित पक्षले भवितव्यमा आफ्नो मान्छेको ज्यान गएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।
‘लापरबाही गर्नेलाई कारबाही गर्ने पक्षमा थियौं, तर भवितव्यमा जाहेरी परेपछि दुवैलाई रिहा गरेका हाैं' जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले भन्नुभयाे ।
मृतक महिलाको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयाे ।
मृतकका आफन्त राजेश महतोले आफूहरुलाई मिल्नका लागि अस्पतालले दबाव दिएपछि सहमति गर्न बाध्य भएको बताउनुभएकाे छ । घटनामा संलग्न दोषीलाई कानुन अनुसार कारबाहीका लागि गरिएको प्रयास असफल भएको महतोकाे भनाइ छ ।
घटनापछि प्रहरीले डा. शैलेन्द्र साह र रेडक्रसको रक्तसञ्चार केन्द्रका ल्याब टेक्निसियन नरेश यादवलाई नियन्त्रणमा लिएको थियो । तर अस्पताल प्रशासनले पीडितसँग मिलापत्र गरेको हो । जसको कारण उनीहरुलाई छाड्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।