सर्पले टोकेको भ्रममा परेर महोत्तरीमा ८ जना बेहोस

 साउन ३१, २०७७ शनिबार १३:१९:२२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको भंगहा नगरपालिका–५ राजपुरटोलमा सर्पले टोकेको भ्रममा परेर ८ जना बेहोस भएका छन् । 

सर्पले टोकेको आशंकामा बर्दिवासमा रहेको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएकोमा कसैलाई पनि विष नलागेको चिकित्सकले बताएका छन् ।

गएराति सर्पले टोकेको भन्दै बेहोस भएका ७ जना महिला र एकजना पुरुषलाई सर्पदंश उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचारका लागि ल्याइएकाहरु अहिले सामान्य अवस्थामा रहेको र उनीहरु सबैजना घर फर्किएको बर्दिवास सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो ।

‘उनीहरुमध्ये कसैको जीउमा सर्पले टोकेको चिनो नभएको र शरीरमा विषको असर पनि नभएकाले भ्रममा परेर बेहोस भएका हुन्’, देवकोटाले भन्नुभयो, ‘गाउँकै स्थानीय एक महिलालाई सर्पले टोक्दा ज्यान गएको र नजिकै शव गाडेकाले डराएर आफूहरुलाई पनि सर्पले नै टोक्यो भन्ने मनोवैज्ञानिक कारणले बेहोस भएका हन सक्छन् ।’

यस सम्बन्धमा भंगहाका नगरप्रमुख सञ्जीव साहले १६ जनालाई सर्पले टोकेको भनेर आफूलाई राति खबर भएको र त्यही अनुसार सञ्चारमाध्यमलाई पनि जानकारी गराएको बताउनुभयो । तर पछि बुझ्दै जाँदा उनीहरुलाई सर्पले टोकेको भ्रम मात्र भएको उहाँको भनाइ छ ।

शुक्रबार साँझ एउटै टोलका १५, १६ जनालाई पालैपालो सर्पले टोकेको भन्दै त्रास फैलिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया