नवलपरासी पश्चिममा भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा

 भदौ ६, २०७७ शनिबार १४:५७:१६ | बृजराज कुशवाह
unn.prixa.net

नवलपरासी – जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले भदौ ७ गतेदेखि लागू हुने गरी निषेधाज्ञाको अवधि ४ दिन थप गरेको छ ।

पश्चिम नवलपरासीमा यसअघि साउन ३२ गतेदेखि भदौ ६ गतेसम्म निषेधाज्ञा लागू गरिएको थियो । जिल्ला प्रशासन कार्यालय नवलपरासीले शनिबार छुट्टाछुट्टै २ वटा सूचना निकालेर निषेधाज्ञाको अवधि भदौ १० गते राति १२ बजेसम्म लम्ब्याएको हो ।

कोरोनाको बढ्दो सङ्क्रमणका कारण अनाश्यक भिडभाड, सभा गोष्ठी सेमिनार र मानिसको जमघट नगर्न भनेको छ । जिल्लाभित्र सञ्चालित बैंक, सहकारी तथा अन्य वित्तिय संस्थाहरूले समेत भदौ १० गतेसम्म कारोबार बन्द गर्ने भएका छन् ।

तर अति आवश्यक वस्तुको भने कारोबार गर्न पाइने छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया