२५ दिनमा यूएईबाट हुँदैछ २८ उडान

 भदौ १९, २०७७ शुक्रबार १८:४८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईबाट एक महिनाको अवधिमा २८ वटा उडान हुने भएको छ ।

गएको १६ गतेदेखि नियमित उडान खुलेसँगै यूएईबाट भोलि सेप्टेम्बर ५ देखि ३० सम्म हुने नियमित उडान तालिका सार्वजनिक भएको हो ।

यो अवधिमा नेपाल एअरलाइन्सले यूएईको दुबईबाट ७ वटा उडान भर्नेछ भने हिमालय एअरलाइन्सले आबुधाबीबाट ९ वटा उडान भर्नेछ । एअर अरेबियाले सारजहाबाट ६ उडान भर्नेछ भने फ्लाई दुबईले दुबई विमानस्थलबाट ६ उडान भर्नेछ ।

नेपाल एअरलाइन्सको सेप्टेम्बर ६ ,८, १३, १५, २०, २२ र २७ तारिखका लागि उडान तालिका तय भएको छ भने हिमालय एअरलाइन्सको सेप्टेम्बर ५, ८, १२, १५, १९, २१, २२ २६ र २९ तारिखको उडान तालिका तय भएको छ ।

यस्तै एअर अरेबियाको सेप्टेम्बर ६, १३, १८, २० , २७, ३० मा र फ्लाई दुबईको सेप्टेम्बर ८, ११, १५, २२, २५, २९ मा उडान हुनेछ ।

नियमित उडानमार्फत फर्कने यात्रुको पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट अनिवार्य साथमा हुनुपर्नेछ भने सीसीएमसीको अनलाइन फारम पनि भर्नपर्छ । त्यसको कपी वा बारकोर्ड अनिवार्य साथमा बोक्नुपर्छ ।

पीसीआर नेगेटिभ रिपोर्ट साथमा लिएर आउदा काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न पर्दैन । १४ दिन होम क्वरेण्टीनमा बस्नुपर्छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया