विदेश जान पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्दो

 भदौ २१, २०७७ आइतबार १८:३७:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान साउनदेखि अहिलेसम्म ३२ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । कोरोना महामारीका बीचमा नै विभिन्न देशमा जानका लागि ३२ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

बिदामा घर आएका तर कोरोना महामारीका कारण यतै रोकिएका श्रमिकहरु महामारीकै बीचमा पनि रोजगारीका लागि विदेश जान खोजेका हुन् ।

यस्तै यही अवधिमा १४९ जनाले वैधानिकीकरण (पहिले अरु नै भिसाका विदेश गएर त्यहाँ काम गरेपछि नेपाल आएर श्रम स्वीकृति लिएको) गरेका छन् । सरकारले फागुन अन्तिम सातादेखि रोकेको पुनः श्रम स्वीकृति गएको असार १८ गतेदेखि खुल्ला गरेको हो ।

यस्तै नयाँ श्रम स्वीकृति पनि सरकारले खुलाएको छ । तर काठमाण्डौमा भएको निषेधाज्ञा र कोरोना प्रभावका कारण अहिले यो निर्णय भने कार्यान्वयनमा आएको छैन ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया