नियमित उडानमा भाडा महंगो भएको गुनासोप्रति नेपाल एअरलान्सको ध्यानाकर्षण, 'क्लास' अनुसार भाडादर तय

 भदौ २१, २०७७ आइतबार १९:४८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नियमित उडानको भाडादर महंगो भएको गुनासोप्रति नेपाल एअरलाइन्सलले ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले हवाईभाडा निर्धारण गर्दा क्लासमा वर्गीकरण गरेर गर्ने भएकाले भाडा बढी र कम हुने निगमले स्पष्ट पारेको छ ।

अहिले एअरलाइन्सको भाडादर पनि क्लास अनुसार नतोकिएको निगमको भनाइ छ । एअरलाइन्सको हङ्कङ् - काठमाण्डौ र नारिता - काठमाण्डौका लागि भाडा दर एउटै तोकिएको छ । हङ्कङ्- काठमाण्डौका लागि एचकेडी ४१ सय ९८ र नारिता - काठमाण्डौका ७६ हजार ३ सय जापानी एन तोकिएको छ ।

यस्तै मलेसिया - काठमाण्डौ र दुबई - काठमाण्डौका लागि भने फरक फरक भाडा निर्धारण गरिएको छ । मलेसिया - काठमाण्डौका लागि एअरलाइन्सको भाडादर चार प्रकारको छ । सबैभन्दा महंगो २००३ मलेसिया रिंगिट र सस्तोमा १४५८ रिंगिट रहेको छ । कुनै क्लासको १८२० रिंगिट त कुनैको लागि १६२८ रिंगिट तोकिएको एअरलाइन्सले जनाएको छ ।

यस्तै दुबई - काठमाण्डौका लागि पनि चार प्रकारकै भाडादर रहेको छ । सबैभन्दा महंगो २१२० दिनार र सस्तोमा १४४० दिनार रहेको छ । बाँकी कुनै क्लासको १८२० र १७२० यूएई दिनार तोकिएको छ । उ

डान संख्या, यात्रु तथा बर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने जनाइएको छ ।

एअरलाइन्समार्फत फर्कने यात्रु सबैको ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • पदम रिजाल

    Sept. 6, 2020, 11:36 p.m.

    यो सबै देखाउने दात मात्र हो । हिजो म दुबै को प्राय सबै travel agency हरु घुमे nepal airline को टिकट 2250 भन्दा कम्तिमा कसैले दिदैइन ।पहिलात 2600 भन्छ पछि 2250 सम्म मा दिन्छन । पैसा नहुने हरुको लागि अब बाकसमा फर्किनु भन्दा अरु उपाय केही रहेन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया