खाडी, मलेसिया र दक्षिण कोरियाबाट फर्कन खोज्ने १ लाख २६ हजार, फर्किए ४३ हजार

 भदौ २४, २०७७ बुधबार १६:४२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – खाडीका ६ देश, मलेसिया र दक्षिण कोरियाबाट स्वदेश फर्कन झण्डै १ लाख २६ हजार जनाले स्वदेश फर्किन निवेदन दिएका छन् ।

कोरोना महामारी सुरु भएपछि अहिलेसम्म साउदी, कतार, यूएई, कुवेत, ओमान, बहराइन, मलेसिया र दक्षिण कोरियाबाट नेपाल फर्कनका लागि १ लाख २५ हजार ९ सय ६० जनाले निवेदन दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

जसमध्ये भदौ २१ गतेसम्ममा ४३ हजार ८ सय ८७ जना स्वदेश फर्किएका छन् । सरकारले भदौ १६ गतेदेखि कोरोनाको पीसीआर परीक्षण सहज भएका देशबाट नियमित उडान सञ्चालन गरेको छ भने साउदी, कुवेत, बहराइन, कतार लगायतका देशबाट भने चार्टर्ड उडानमार्फत नै नेपालीको स्वदेश फिर्ती भइरहेको छ ।

कतारबाट ७ हजार ३४९, ओमानबाट ८११ जना, कुवेतबाट ६ हजार ९ सय ६ जना, कोरियाबाट ११ सय ६५ जना,मलेसियाबाट ९ हजार १८३ जना स्वदेश फर्किएका छन् ।

यस्तै यूएईबाट ६ हजार ३ सय ७६ जना, साउदी अरेबियाबाट ८ हजार ६ सय ४३ जना र बहराइनबाट ९८० जना स्वदेश फर्किएका छन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया