सौरहाका होटल बिहीबारदेखि खुल्ने

 भदौ ३१, २०७७ बुधबार १५:४५:३ | रासस
unn.prixa.net

चितवन – लकडाउन र निषेधाज्ञाका कारण बन्द रहेका सौरहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् ।

सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै सौरहाका व्यवसायीले तयारी थालेका हुन् । गएको चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि त्यही महिनाको २८ गतेदेखि फेरि बन्द भएका थिए ।

क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै बुधबारदेखि तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उहाँले जानकारी दिनुभयो । होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उहाँको भनाइ छ ।

सौराहामा एक सय १० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेस्टुरेन्ट छन् । सौरहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार पाँच सयभन्दा धेरै कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् । 

अन्तिम अपडेट: माघ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया