सुनको भाउ तोलामा चार सय रुपैयाँले बढ्यो
माघ २, २०८१ बुधबार
थिम्पु, भुटान – महिला साफ च्याम्पियनशिपको साविक उपविजेता भारतले श्रीलंकालाई एक दर्जन गोल गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको छ ।
थिम्पुको चाङली मिथाङ रंगशालामा आजदेखि सुरु भएको १५ वर्षमुनिको उमरे समूहको साफ च्याम्पियनशिपको उद्घाटन खेलमा भारतले श्रीलंकालाई १२-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।
भारतले खेलको पहिलो हाफमा ६ गोल गर्यो भने दोस्रो हाफमा पनि ६ गोल नै थप्यो । भारतका लागि कप्तान सिल्की देवीले ह्याट्रिक पूरा गरिन् । उनले खेल सुरुवाति पहिलो मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाइन् । त्यस्तै उनले खेलको २० र ४४औँ मिनेटमा दुई गोल थपिन् ।
त्यसैगरी भारतकी अभिका सिंह, सुनिता मुण्डा र अञ्जुले दुई दुई गोल गरे । अभिकाले खेलको १४ र ५९औँ मिनेटमा गोल गरिन् भने सुनिताले खेलको ४२ र ७९ तथा अञ्जुले खेलको ८७ र ८९औँ मिनेटमा गोल गरिन् ।
त्यसैगरी भारतकी अर्की खेलाडी लेण्डा कोमले खेलको ६ मिनेटमा गोल गरिन् भने खेलको ४७ मिनेटमा कृतिना देवी र खेलको ७२औँ मिनेटमा किरणले एक–एक गोल थपे ।
श्रीलंकाले खेलको ६२ औँ मिनेटमा पाएको पेनाल्टीलाई समेत सदुपयोग गर्न सकेन ।
बिहीबारदेखि सुरु भएकाे साफ च्याम्पियशिपमा नेपाल, बंगलादेश र पाकिस्तान रहेको समूह ‘बी’ मा परेको छ । समूहको पहिलो खेल साउन २६ गते पाकिस्तानसँग खेल्ने नेपालले दोस्रो खेलमा साउन २८ गते बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग खेल्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।