अक्टोबर १ देखि ओमान –काठमाण्डौ नियमित उडान हुने, अहिलेसम्म ११७८ जना स्वदेश फर्किए

 असोज ९, २०७७ शुक्रबार १६:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो अक्टोबर १ देखि ओमान र नेपालबीच नियमित उडान हुने भएको छ ।

आउँदो अक्टोबर १ देखि ओमानको अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने ओमानको सर्वोच्च समितिको निर्णयसँगै त्यही दिनमा ओमान र नेपालबीच नियमित उडान सुरु हुने ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अक्टोबर १ देखि नियमित उडान सुरु भएपछि पीसीआर लगायतको स्वास्थ्य सम्बन्धी आवश्यक मापदण्ड पूरा गरी सहज रूपमा नेपाल ओमान आउजाउ गर्न सकिनेछ । कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा ओमानबाट नेपाल फर्कन पर्ने नेपालीहरु चार्टर्ड उडानमार्फत आइरहेका छन् ।

अहिलेसम्म ओमानको सलाम एअरमार्फत सात वटा चार्टर्ड उडानबाट ११ सय ७८ जना स्वदेश फर्किएका छन् ।

ओमानमार्फत पहिलेदेखि नै सलाम एअरले सस्तोमा नेपालीहरुको स्वदेश फिर्तीमा चार्टर्ड उडान भरिरहेको छ । फर्कने सबै यात्रुले पीसीआर परीक्षण गरेर नै फर्किएको ओमानमा रहेको नेपाली दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया