दाहाल यज्ञनिधी आईसीयूमा

 साउन २५, २०७५ शुक्रबार १०:३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – साहित्यकार तथा सञ्चारकर्मी दाहाल यज्ञनिधी गम्भिर बिरामी पर्नुभएको छ । २०५७ सालमा मृगौला फेल भएपछि डायलसिस गर्दै आएका दाहालको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ  ।

बुधबार डायलासिस गर्ने क्रममा अचेत भएपछि उहाँलाई आईसीयूमा भर्ना गरिएको परिवारले बताएको छ । उहाँको टाउकोमा रगत जमेको उपचारमा संलग्न डाक्टरले बताएका दाहालका ज्वाइँ विकास गैरेले जानकारी दिनुभयो । बुधबार बिहान खाना खाएको थाल धारामा राखेर फर्कने क्रममा उहाँ लड्नुभएको थियो । 

टाउकोमा रगत जमेको र सँगै डायलासिस पनि गर्नुपर्ने भएकाले उहाँको अवस्था गम्भीर भएको  गैरेले बताउनुभयो । दुवै मिर्गौलाले काम नगरेपछि दाहालले २०५७ सालको फागुनमा मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो । तर फेरेको मिर्गौलाले पनि काम नगरेपछि २०६८ साउन २२ गतेपछि उहाँले हप्तामा तीन दिन डायलासिस गराउँदै आउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया