महामारीले रोकेन विदेश जाने चाहना, १५ दिनमा लिए १६ सय ४७ जनाले श्रम स्वीकृति

 असोज १६, २०७७ शुक्रबार १६:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विदेश जान असोज महिनाको १५ दिनमा १४ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा ५३ सय २३ जनाले र यो महिनाको १५ दिनमा मात्रै १४ सय ५३ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् । कोरोना महामारीको समयमा पनि विदेश जान खोज्ने नपालीको चाहनामा भने कमी नआएको तथ्याँकले देखाएको छ ।

यो महिनामा मात्रै १ सय ४२ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका छन् । संस्थागत र व्यक्तिगत गरी श्रम स्वीकृति खुलेदेखि अहिलेसम्म १९४ जनाले र यो महिनाको १५ दिनमा १४२ जनाले नयाँ श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

नेपाली श्रमिकको श्रम गन्तव्य देशमा कोरोना महामारीले छोपेपछि गएको फागुन अन्तिमदेखि श्रम स्वीकृति दिन रोकिएको थियो । सकारले गएको असार १८ गतेदेखि पुनः श्रम स्वीकृति खुलाएको हो भने भदौ १४ देखि नयाँ श्रम स्वीकृति खुलेको हो ।

उपत्यकामा भदौ महिनाभर लागू भएको निषेधाज्ञाका कारण नयाँ श्रम स्वीकृति दिने नियम भने सरकारले निर्णय गरेको केही समयपछि मात्रे लागू भयो ।

महामारीका कारण अलपत्र परेका नेपाली श्रमिकहरु अझै पनि विदेशमा स्वदेश फर्कने पालो कुरिरहेका छन् भने नेपालमै भएकाहरु पनि विदेश जान खोजिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया