आजदेखि पुनः श्रम स्वीकृति पाइने, कार्यालय जाँदा यी कुरामा ध्यान दिनुहोस्

 असोज १९, २०७७ सोमबार ८:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगार कार्यालय ताहाचलबाट श्रम स्वीकृति सेवा आजदेखि पुनः सुरु भएको छ ।

कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गएको बुधबारदेखि श्रम स्वीकृतिसहित कार्यालयको सबै सेवा बन्द भएको थियो । तर भिसाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य देशमा पुग्न नसरी रोजगारी गुमाउने अवस्थामा रहेको श्रमिकको समस्यालाई ध्यानमा राखी आज सोमबारदेखि पुनः श्रम स्वीकृति र नयाँ श्रम स्वीकृति दिन थालिएको ताहाचल कार्यालयले जनाएको छ ।

कार्यालयमा जानेले भौतिक दूरीका साथै स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनु पर्नेछ । कार्यालयमा लगाइएको गोलो चिन्हमा रहेर मात्र सेवा लिन लाइनमा बस्ने र त्यसभन्दा अघि साबुनपानीले हात धुनुपर्नेछ ।

सबै सेवाग्राहीलाई कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सेवा लिन कार्यालयले आग्रह गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया