बलिवुड अभिनेत्री रिया चक्रवर्तीले पाइन् जमानत

 असोज २१, २०७७ बुधबार १६:१६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बलिवुड अभिनेत्री रिया चक्रवर्तीलाई बुधबार मुम्बईको उच्च न्यायालयले जमानत दिएको छ ।

रियाका साथै दीपेश सावन्त र स्यामुएल मिरान्डालाई पनि न्यायालयले जमानत दिएको छ । तर रियाका भाइ शौविक चक्रवर्ती र अब्दुल बासित परिहारले भने जमानत पाएका छैनन् । 

बुधबार अदालतले रियालाई एक लाख रुपैयाँ धरौटीसहित जमानतमा रिहा गर्न आदेश दिएको हो ।  

रियालाई गएको महिना नार्काेटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको थियो । उच्च न्यायालयले रियालाई जमानत दिँदै केही शर्त राखेको छ । रियाले आफ्नो पासपोर्ट अदालतमा बुझाउनुपर्नेछ र देशबाहिर जानुअघि अदालतको अनुमति लिनुपर्ने हुन्छ । 

साथै उनले १० दिनसम्म प्रहरीलाई रिपोर्ट गर्नुपर्नेछ । यसको अलाला एनसीबीले जहिले बोलाउँछ रिया उपस्थित हुनुपर्नेछ ।

बलिवुड अभिनेता सुशान्त सिंह राजपूतकाे मृत्यु प्रकरणसँग जोडिएको ड्रग्स मामिलामा एनसीबीले रियालाई पक्राउ गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया