एअर अरेबियाले आबुधाबी काठमाण्डौ सस्तोमा उडान भर्दै

 असोज २७, २०७७ मंगलबार १३:४८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएई – एअर अरेबियाले आबुधाबी – काठमाण्डौ सस्तोमा नयाँ उडानहरु गर्ने भएको छ ।

एअरलाइन्सले अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदो शनिबारदेखि सातामा चार उडान गर्ने भएको हो । एकतर्फी उडानको न्यूनतम भाडादर २ सय १६ डलर अर्थात यो समाचार तयार पार्दाको विनिमय दर अनुसार २५ हजार तीन सय २८ रुपैयाँ तोकिएको एअरलाइन्सले जनाएको छ । यो शुल्क अहिले सबैभन्दा सस्तो हो ।

एअर अरेबियाको एअरबस ए ३२० सोमबार, बुधवार, शुक्रबार र शनिबार बिहान ९ बजे काठमाण्डौका लागि उड्नेछ । दिउँसो ३ बजे नेपाल पुगेर त्यसै दिन जहाज ३ ः ४५ मा आबुधाबी फर्कने छ । 
नेपालले कोरोना महामारीको जोखिमलाई मध्येनजर गर्दै बन्द गरेको अन्तर्राष्ट्रिय उडानहरु गएको भदौ १६ गतेदेखि खोलेको हो । 

यात्रुले उडान हुनुभन्दा बढीमा ७२ घण्टा भित्रको कोरोना परीक्षण नेगेटिभ भएको रिपोर्ट हुनपर्छ । यूएईको राष्ट्रिय उडान मध्ये एअर अरेबियाले यसअघि सारजहाँबाट मात्रै उडान भर्दै आएको थियो । 

गएको जुलाई १४ देखि एअरलाइन्सले आबुधाबीबाट पनि उडान सेवा सुरु गरेको थियो । एअरलाइन्सका लागि काठमाण्डौ उडान आठौं रुट हो । यो नेटवर्कमा बंगलादेश, इजिप्ट​,  सुडान र अफगानिस्तान समावेश छन् ।

यूएईको पाँचौं राष्ट्रिय एअरलाइन्स एतिहाद एअरवेज र एअर अरेबियाबीच राजधानी आबुधाबीबाट कम लागतको उडान सुरु गर्न सहमति गरेसँगै एअरलाइन्सले आफ्नो नेटवर्क विस्तार गरिरहेको छ ।
एअरलाइन्समार्फत उडान भर्नेहरुका लागि निशुल्क बीमाकोसमेत व्यवस्था गरिएको एअरलान्सले जनाएको छ ।

आबुधाबीबाट यसअघि हिमालय र इतिहादले काठमाण्डौका लागि उडान गर्दै आएका छन् । एयर अरेबियाले सस्तोमा उडान भर्ने भएपछि न्यून आय भएका नेपाली श्रमिकलाई स्वदेश फिर्तीमा सहज भएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया