कर्मचारीमा काेराेना देखिएपछि दशैँअघि गाउँपालिकाकाे कार्यालय नखुल्ने

 असोज २९, २०७७ बिहिबार १४:४४:८ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – कर्मचारीमा कोराना भाइरसको सङ्क्रमण देखिएपछि सिन्धुलीको तीनपाटन गाँउपालिकाले बिहीबार (आज) देखि कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा प्रवाह बन्द गरेको छ ।

गाँउपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिका कार्यालय, ११ वटै वडा कार्यालय र मातहतका सरकारी कार्यालयबाट प्रवाह गरिने सेवा बन्द गरिएको गाँउपालिका अध्यक्ष कर्णबहादुर थापा मगरले जानकारी दिनुभयो ।  

गाँउपालिकाको कार्यपालिका बैठकबाट निर्णय गराइ अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको र दशैँअघि कार्यालय नखुल्ने उहाँले बताउनुभयो ।

यसअघि कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सिन्धुलीका दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाँउपालिका र गोलन्जोर गाँउपालिकाले पनि अत्यावश्यक बाहेक सबै सेवा दशैँसम्मका लागि बन्द गरेका छन् ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया