साउदीमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई कारबाही, सचेत हुन दूतावासको अनुरोध

 कात्तिक १८, २०७७ मंगलबार १६:४७:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदीमा सामाजिक सञ्जालमा कुनै पनि पोष्ट, कमेन्ट, लाइभ वा म्यासेज पठाउँदा सचेत हुन दूतावासले अनुरोध गरेको छ । 

साउदीको स्थानीय कानुन विरुद्द हुनेगरी सामाजिक सञ्जालमा लेखेमा, कमेन्ट गरेमा वा म्यासेज पठाएमा कडा कारबाही हुने भन्दै दूतावासले साउदीमा कार्यरत सबै नेपालीलाई सचेत गराएको हो । 

दूतावासले सोमबार प्रकाशित राहदानी नविकरण सम्बन्धि सार्वजनिक सूचनामा 'लभली केटो' नाम गरेको फेसबुक आइडीबाट नेपाली महिला कामदारलाई अपमान गर्ने अभद्र शब्द प्रयोग गर्दै कमेन्ट गरेकाले त्यो कमेन्ट जतिसक्दो छिटाे हटाउन र कारबाहीबाट बच्न पनि दूतावासले सूचना जारी गरेको छ । 

साउदीको स्थानीय कानुनको उल्ङघन हुनेगरी सामाजिक सञ्जालको माध्यमबाट पोष्ट, कमेन्ट, म्यासेज गर्दा कतिपय नेपालीले नै गम्भिर सजाय भोगिरहेको उल्लेख गर्दै दूतावासले साउदीको साइवर तथा अन्य कानुनको पालना गर्न अनुरोधसमेत गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया