खाडीका देशबाट आउन थाल्यो नेपाली कामदारको माग, मागपत्र प्रमाणीकरण खुलाउन अनुरोध

 कात्तिक १९, २०७७ बुधबार १५:१५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कामदार मागपत्र प्रमाणीकरण तत्काल खुलाउन अनुरोध गरेको छ ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देश साउदी, ओमान, यूएई, बहराइन तथा केही यूरोपका देशहरुबाट समेत कोरोना महामारीकै समयमा पनि नेपाली कामदार लिन सक्ने जानकारी रोजगारदाताले गराएको र ठूलो परिमाणमा माग आएको भन्दै संघले तत्काल मागपत्र प्रमाणीकरण खुलाउन माग गरेको हो ।

रोजगारदाता नेपाली श्रमिक लिन इच्छुक भएर मागपत्र प्राप्त भए पनि खाडीका देशमा रहेको नेपाली दूतावासले मागपत्र प्रमाणीकरण नगर्दा आउने मागहरु गुम्ने खतरा भएको संघको भनाइ छ । संघले आएको माग गुम्न नदिन भन्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, सहसचिव हरिसचन्द्र घिमिरे तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालायका सचिब तोयम राया समक्ष मागपत्र प्रमाणीकरण तत्काल खुलाउन अनुरोध गरेको छ ।

अहिले ओमान, बहराइन, साउदीजस्ता देशमा विस्तारै आर्थिक गतिविधि सञ्चालन हुन थालेको र त्यहाँबाट कामको माग आउन थालेको संघले जनाएको छ ।

कोरोनाको कारण गएको फागुन अन्तिमदेखि नै वैदेशिक रोजगारी बन्द रहेको थियो । सरकारले भदौ १४ देखि पूर्ण रुपमा खुलाएको छ । तर खाडी राष्ट्रमा रहेका नेपाली दूतावासले मागपत्र प्रमाणीकरणका काम भने सुरु गरेका छैनन् ।

त्यसैले संघले आजकै मितिदेखि सम्बन्धित देशमा रहेका निकायलाई मागपत्र प्रमाणीकरणको लागि निर्देशन दिन संघले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया