विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
पर्सा – तराई मधेशको आठ जिल्लालाई समेटेर बनाइएको प्रदेश नम्बर २ को नामाङ्कनका सम्बन्धमा विभिन्न दल तथा प्रदेश सरकारबीच खिचातानी चलिरहेका बेला यहाँका साहित्यकारहरुले पनि फरक धारणा अघि बढाएका छन् ।
अधिकांश साहित्यकारले सीताकालीन सभ्यता र संस्कृतिसँग जोडिएको इतिहास र भूगोललाई आधार मानी प्रदेश नं २ को राजधानीको नाम मिथिला, जनक, जानकी, विदेह राख्नुपर्ने तर्क अघि सारेका छन् भने केही साहित्यकारले भने यसको नाम मिथिला–भोजपुरा, मध्यमधेश राख्नुपर्नेमा जोड दिएका छन् ।
राज्य पुनः संरचना आयोगले प्रदेश सीमाङ्कनका लागि पहिचान र सामथ्र्यका गरी नौ वटा आधार तय गरेकाले सोही बमोजिम जिल्लाको पहिचान हुने गरी यहाँको मैथिली भाषा, साहित्य, कला र संस्कृतिलाई आधार बनाइएको हो । महाभारत, रामायण, उपनिषद्जस्ता ग्रन्थमा मिथिला र जनकपुरधामको चर्चा गरेको पाइन्छ ।
राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसका मैथिली विभागका उपप्राध्यापक तथा साहित्यकार श्यामसुन्दर शशीले पूर्वीय छ दर्शन ९षडदर्शन० मध्ये चार दर्शन मिथिला भूमि अर्थात् जनकपुरमै लेखिएको प्रमाणित भइसकेकाले पहिचानको हिसाबले जनकपुरधामलाई यो प्रदेशको स्थायी राजधानी बनाउनुपर्ने र यसको नामाङ्कन मिथिला प्रदेश गरिनुपर्नेमा जोड दिनुभएको छ ।
सहमतिकै आधार र सबैको स्वामित्व हुने गरी यो प्रदेशको नाम तय गरिनुपर्ने तर्क गर्दै अर्का साहित्यकार चन्द्रकिशोर झा भन्नुहुन्छ, ‘त्योभन्दा पनि प्राथमिकताको विषय भनेको प्रदेशलाई अधिकार सम्पन्न बनाउने काम प्रमुख विषय भएकाले नामभन्दा पनि कामलाई प्राथमिकता दिनु जरुरी छ ।’
प्रदेशको स्थायी राजधानी, कामकाजी भाषा तथा नामाङ्कनका लागि प्रदेश संसद्मा दुई तिहाइको आवश्यकता पर्ने भएकाले हालसम्म प्रदेश सांसदहरुबीच सहमति भने हुन सकेको छैन ।
प्रदेश २ मा मैथिली भाषाभाषी ४५ प्रतिशत छन् भने भोजपुरीका १८।५ प्रतिशत छन् । यो प्रदेशको नामाङ्कनका विषयमा मैथिली भाषाका वरिष्ठ साहित्यकार डा राजेन्द्र बिमल पर्यटन व्यवसायलाई समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम मिथिला–भोजपुरा राख्नुपर्नेमा जोड दिनुहुन्छ । संस्कृति, साहित्य तथा भाषाको दृष्टिकोणले पनि भोजपुरा समृद्ध रहेकाले मिथिला–भोजपुरा नाम राखेमा विवाद नहुने उहाँ बताउनुहुन्छ ।
साहित्यकार अवधेश पोखरेल पनि पौराणिक आस्थाले भरिएको, ऐतिहासिक तथा प्राचीन नगरी जनकपुरलाई अझ समृद्ध बनाउने हो भने प्रदेश नं २ को नाम जनक, जानकी, मिथिला वा विदेह राख्न सुझाव दिनुहुन्छ भने भोजपुरी भाषाका साहित्यकार आनन्द गुप्ता भन्नुहन्छ, ‘मधेश आन्दोलनको उपज नै सङ्घीयता भएकाले यसको नाम मध्य मधेश हुनुपर्दछ ।’
प्रदेश २ मा कूल १०७ प्रदेश सांसद छन् । आठ जिल्ला रहेको यस प्रदेशमा बोलिने मुख्य भाषा मैथिली, भोजपुरी र नेपाली हो । केही प्रतिशतले बञ्जिका भाषासमेत बोल्ने गरेको पाइन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।