अस्ट्रेलियासँग ६६ रनले हार्‍याे भारत

 मंसिर १२, २०७७ शुक्रबार १८:२८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले पराजित भएको छ । अस्ट्रेलियाले दिएको तीन सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा आठ विकेट गुमाउँदै तीन सय आठ रनमा समेटियो । 

भारतका लागि हार्दिक पाण्डेयाले ९० र शिखर धवनले ७४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि एडम जम्पाले चार, जोश हेजलवूडले तीन र मिचेल स्टार्कले एक विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै तीन सय ७४ रन बनायो । उसका लागि एरोन फिन्च र स्टेभेन स्मिथले शतकीय पारी खेले ।  

बलिङतर्फ भारतका लागि मोहम्मद शामीले तीन विकेट लिँदा जसप्रित बुमराह, नवदीप सैनी र युजविन्द्र चाहलले एक–एक विकेट लिए ।

जितसँगै तीन खेलको शृङ्खलामा अस्ट्रेलिया एक–शून्यले अघि भएको छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया