नवलपरासीमा नेपालले बनाउँदै गरेको हुलाकी सडकमा भारतीय एसएसबीको अवरोध

दशगजाको साढे ६ फिट जग्गा मिचिएको दाबी

 मंसिर २२, २०७७ सोमबार १९:३७:३८ | बृजराज कुशवाह
unn.prixa.net

नवलपरासी – नवलपरासीमा नेपालले निर्माण गर्दै गरेको हुलाकी सडकमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले जबरजस्ती काम बन्द गराएको छ । एसएसबीले रोकेपछि १० किलोमिटर लामो कठहवा–बेलाटारी सडकको कालोपत्रेको काम ठप्प भएको छ ।

२२ करोड रुपैयाँमा ठेक्का पाएको ठेकेदार कम्पनी कन्टेक प्राली काठमाण्डौले सडकको निर्माण कार्य भारतीय सीमाबाट सुरु गरेको थियो । नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवामा बनाउन थालिएको कल्भर्ट नै दशगजा क्षेत्रमा बन्न थालेको भन्दै एसएसबीले सोमबार दिउँसो काम रोकेको कम्पनीका प्रतिनिधि दीपक थापाले बताउनुभयो । मजदुर र ठेकेदार कम्पनीले काम बन्द गरेका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले झिकाएको भारतीय अमिनले नापी गर्दा दशगजाको साढे ६ फिट जग्गा मिचिएको दाबी गरेको छ । निर्माणाधीन कल्भर्ट भत्काउन र नाप नक्सा गराएर नेपाली भूभागमा मात्र निर्माण कार्य गर्नुपर्ने एसएसबीको भनाइ छ ।

भारतको उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाको झुलनीपुरमा रहेको एसएसबी को ११ औँ बीओपीका प्रमुख सई अमिताभ मिस्त्रीले सडक निर्माणको काम नो मेन्स ल्याण्ड एरियामा भइरहेको खबर पाएपछि नेपाल पक्षलाई सच्याउन आग्रह गरेको बताउनुभएको छ ।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले सडक निर्माण कार्य रोकिएको खबरपछि छलफलको पहल सुरु गरिएको र यसको छिट्टै समाधान खोजिने बताउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया