सन्दीप लामिछानेले चितवनमा हुने गौतमबुद्ध कप नखेल्ने

 मंसिर २५, २०७७ बिहिबार ६:५१:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सन्दीप लामिछाने चितवनमा हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगितामा सहभागी नहुने भएका छन् । बिग ब्यासका लागि जाने तयारी गर्नुपर्ने भएकाले प्रतियोगितामा सहभागी नहुने सन्दीपले बताएका छन् । उनी डिसेम्बर १४ या १५ तारिखमा बिग ब्यास खेल्न अष्ट्रेलिया जाने तयारीमा छन ।

सन्दीप नेपालबाट गएपछि १४ दिन अष्ट्रेलियामा क्वरेण्टीनमा बस्नुपर्ने र कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै खेल्न पाउनेछन् । कोरोनालाई जितेका सन्दीपले जनवरी २ मा मेलबर्न स्टार्ससँगको खेल खेल्ने सम्भावना रहेको छ । सन्दीपले लगातार तेस्रो सिजन बिग ब्यास लिग खेल्न लागेका हुन । यसैबीच, नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीले खेल्ने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको टिम र खेल तालिका सार्वजनिक भएको छ । 

प्रतियोगितामा वाग्मती टिम, नारायणी टिम र राप्ती टिमले सिंगल राउण्ड रोबिनको फर्म्याटमा खेल्नेछन् । पर्सिदेखि हुने सुरु हुने खेलमा वाग्मती र नारायणीबीच प्रतिष्पर्धा हुनेछ । वाग्मती टिमको कप्तानी ज्ञानेन्द्र मल्लले र नारायणी टिमको कप्तानी पारस खड्काले गर्नेछन् । प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया