नयाँनयाँ उद्योग खोलेर देशभर रोजगारी सृजना गरिन्छ : प्रधानमन्त्री ओली

 साउन २९, २०७५ बुधबार ५:३६:४३ | रासस
unn.prixa.net

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गरिने बताउनुभएको छ । 

सार्क चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले उद्योगको स्थापना मार्फत गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाइने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिबी र पछौटेपनबाट अब दक्षिण एशियालाई नै मुक्त गर्नु पर्दछ । उहाँले अब स्थापना हुने उद्योग प्रविधि मैत्री हुनुपर्नेमा जोड दिनुभयो । 

प्रधानमन्त्री ओलीले उद्योगमा काम गर्ने मजदुरहरु पनि प्रविधिमा पोख्त हुनु पर्ने भन्दै त्यसका लागि वातावरण बनाउन उद्योगी र व्यवसायीलाई आग्रह गर्नुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्रीले केही तत्वहरुले नेपालमा केही भएको छैन भनेर जनतामा निराशा गर्न खोजेको आरोप लगाउनुभयो । 

निराश नागरिक देशको लागि सबभन्दा खतरनाक हुने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “आम जनतामा आत्मविश्वास बढाउनु र र आशा लाग्दो भविष्य देखाइदिनु सरकारको काम हो । जसले जनतामा आशावाद बढेर जान्छ ।” 

देश विकासका लागि अहिले उपयुक्त समय भएकोले यसलाई सदुपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो । देशको जनसंख्यामा काम गर्न सक्नेको बाहुल्यता बढी रहेको भन्दै प्रधानमन्त्रीले भन्नुभयो, “यो जनशक्तिलाई उपयोग गरेर देश निर्माणको काम गर्नु पर्दछ ।” उहाँले विश्व समुदायलार्ई नेपालमा लगानी मैत्री वातावरण भएको विषय प्रचार गर्न उद्यमीलाई आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया