आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित

 पुस १, २०७७ बुधबार ६:३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसी महिला विश्वकप क्रिकेटको संशोधित तालिका प्रकाशित भएको छ ।

यो प्रतियोगिता सन् २०२२ मा न्युजिल्याण्डमा हुने छ । प्रतियोगिता आगामी मार्च चारमा उद्घाटन खेल हुने आईसीसीले जनाएको छ । पहिलो खेलमा न्युजिल्याण्ड र क्वालीफायर टिमबीच प्रतिस्पर्धा हुने छ । फाइनल खेल भने तीन अप्रिलमा डे नाइट म्याच हुने छ । यो खेल क्राइस्टचर्चमा हुने पनि जनाइएको छ ।

सन् २०२२ को महिला विश्वकपमा ८ टिमको सहभागिता हुने छ । खेल न्युजिल्याण्डका ६ शहरमा हुने छ । न्युजिल्याण्ड, अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र भारत पहिला नै विश्वकपका लागि छनोट भइसकेका छन् । अब क्वालीफायरबाट तीन टिम आउन बाँकी छ । क्वालीफायर खेल २६ जुन देखि १० जुलाईसम्म श्रीलंकामा हुने छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया