न्युजिल्याण्डसँगकाे अन्तिम टी–२० मा पाकिस्तान ४ विकेटले विजयी, शृङ्खला भने जोगाउन सकेन

 पुस ७, २०७७ मंगलबार १८:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्डसँगको तेस्रो तथा अन्तिम टी– २० क्रिकेट पाकिस्तानले चार विकेटले जितेको छ ।

न्युजिल्याण्डले दिएको एक सय ७४ रनको लक्ष्य पाकिस्तानले ६ विकेट गुमाएर दुई बल बाँकी छँदै भेट्यायाे । पाकिस्तानको जीतमा मोहम्मद रिजवानले ८९ र मोहम्मद हफीजले ४१ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा सात विकेट गुमाएर एक सय ७३ रन बनायो । उसका लागि डेभन कनवेले सर्वाधिक ६३ रन बनाए । पाकिस्तानका लागि फहीम अशरफले तीन तथा शहीन अफ्रिदी र ह्यारिस राैफले दुई/दुई विकेट लिए ।

आजको खेल जिते पनि पाकिस्तानले शृङ्खला भने जोगाउन सकेन । यसअघिका २ खेल जित्दै न्युजिल्याण्डले शुङ्खला नै जितिसकेको छ ।

यी दुई देशबीच दुई खेलकाे टेस्ट शृङ्खला पनि हुनेछ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया