६० वर्षअघि चोरी भएर लण्डन पुगेकाे १२ औ शताब्दीको बुद्धको मूर्ति भारत फिर्ता

 साउन ३०, २०७५ बुधबार २०:५७:२० | एजेन्सी
unn.prixa.net

भारतको नालन्दामा रहेकाे बाैद्ध विहारबाट करिब ६० वर्षअघि चोरी भएको १२ औ शताब्दीको एउटा काँसको बुद्धको मूर्ति लण्डनको महानगरीय प्रहरीले भारतको स्वतन्त्रता दिवसको अवसरमा भारतलाई फिर्ता गरेको छ ।

चाँदीको जलप भएको काँसको मूर्ति सन् १९६१ मा नालन्दामा रहेको भारतीय पूरातात्विक सर्वेक्षण क्षेत्रबाट चोरी भएका १४ मूर्तिहरुमध्ये एक हो । ती मूर्तिहरु लण्डनको लिलामीमा राखिनुअघि कैयौं व्यक्तिका हातमा परिसकेका थिए ।

त्यो मूर्ति भारतबाट चोरिएको मध्ये एक हो भनेर डिलर तथा मालिकलाई खबर गरिएपछि उनीहरुले मेट्स आर्ट बलम एण्टिक्स युनिटसँग सहकार्य गरी भारतलाई फिर्ता गर्न राजी गराएको लण्डनको महानगरीय प्रहरीको भनाई छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया