प्रधानमन्त्री कपको पहिलो सेमिफाइनलमा एपीएफ र पुलिस क्लब : पहिला ब्याटिङ गर्दै एपीएफ

 माघ १४, २०७७ बुधबार १०:२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट  प्रतियोगिताको  पहिलो  सेमिफाइनल  भइरहेकाे छ  ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ९ बजेपछि सुरु भएकाे सेमिफाइनलमा  विभागीय  क्लब  एपीएफ  र  नेपाल  पुलिस  भिडिरहेका छन् ।  एपीएफले टस हारेर पहिला ब्याटिङ गर्दै छ ।

समूह एमा रहेको एपीएफ सबै चार वटै खेल जित्दै ८ अंकका  साथ सेमिफाइनलमा  पुग्दा समूह बीमा पुलिस भने चारमध्ये एक खेलमा पराजित हुदैँ ६ अंकका साथ उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।

राष्ट्रिय  खेलकुद  परिषद  राखेपको  आर्थिक  सहयोग  तथा  नेपाल  क्रिकेट  संघ  क्यानको  आयोजनामा  भइरहेको  ५०  ओभरको  एक  मात्र  घरेलु  क्रिकेट  जित्ने लक्ष्यमा एपीएफ रहेको छ ।

पुलिस भने गत संस्करणको उपाधि विजेता  भएकाले  उसलाई  उपाधि जोगाउने  चुनौति  पनि  उत्तिकै  रहेको छ । एपीएफ र पुलिसबीच  तीन  पटक  भेट  हुँदा  दुई  पटक  पुलिस विजयी भएको छ भने एक पटक एपीएफले बाजी मारेको छ । प्रधानमन्त्री कपको उपाधि विजेताले १० लाख तथा उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया