नेशनल कलेज अफ इन्जिनियरिङ २० औँ वर्षमा पुग्दा आशातित प्रगति

 फागुन ३, २०७७ सोमबार १३:२६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेशनल कलेज अफ इञ्जिनियरिङले आफ्नो स्थापनादेखि अहिलेसम्मको अवधिमा पूर्वाधारका साथै शैक्षिकस्तर वृद्धिमा आशातित् प्रगति गरेको जनाएको छ ।

आईएसओ ९००१ः२०१५ बाट प्रमाणित कलेजमा त्रिभुवन विश्वविद्यालय र नेपाल इञ्जिनियरिङ परिषद्ले तोकेको मापदण्डअनुसारको दक्ष जनशक्ति र सबै विषयका स्तरीय प्रयोगशालाहरु तथा स्तरीय उपकरणहरु छन् । यसको अतिरिक्त विभिन्न विषयका दक्ष जनशक्तिहरु (भिजिटिङ प्रोफेसर) बाटसमेत अध्यापन हुँदै आएको कलेजका प्रमुख कार्यकारी अधिकृत धनप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कलेजले विद्यार्थीलाई विज्ञान, प्राविधिक र इञ्जिनियरिङ क्षेत्रसँग सम्बन्धित गुणस्तरीय र उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त गरेर ४८ जना विद्यार्थीलाई स्नातक तहमा कम्प्युटर विषयमा अध्यापन सुरु गरेको कलेज स्थापनाकालमा काठमाण्डौको वनस्थलीमा सञ्चालित  थियो । 

विज्ञान तथा प्राविधिक क्षेत्रका वरिष्ठ प्राध्यापकहरुबाट सञ्चालन गरिएको कलेजको २००८ सालमा विज्ञान, प्रविधि तथा इञ्जिनियरिङ विषयका वरिष्ठ व्यक्तित्वहरुको मातहतमा स्वामित्व हस्तान्तरण गरिएको थियो । 

यसरी २००८ मा नयाँ व्यवस्थापनमा आइसकेपछि २००९ को शैक्षिक सत्रदेखि सिभिल इन्ञ्निियरिङ विषयमा ९६ जना विद्यार्थी र इलेक्ट्रिकल इञ्जिनियरिङ विषयमा ४८ जना विद्यार्थीलाई अध्यापन गराउन थालिएको हो । 
२०११ को नयाँ भर्नादेखि कलेज नयाँ व्यवस्थापनका साथ ललितपुर महानगरपालिकाको वडा नम्बर १४ को ताल्छिखेलमा सर्यो । 

आफ्नै स्वामित्वको झण्डै नौ रोपनी जग्गामा कलेज सञ्चालन लागि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी कलेज सञ्चालनमा आएको कलेज अहिले पनि त्यही ठाउँमा सञ्चालित छ ।  कलेज २० औँ वर्षमा प्रवेश गर्दासम्म अध्ययनको लागि आकर्षक केन्द्रको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया