कोहलपुरमा पनि म्याक परिवार

 फागुन ५, २०७७ बुधबार ११:३२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित म्याक ल्युब्रिकेन्टस्, नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र टी एल ट्रेड सप्लायार्सको संयुक्त आयोजनामा कोहलपुरमा म्याक परिवारको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

म्याक परिवारको मुख्य उद्देश्य भनेको म्याकका डिलरहरु, रिटेलरहरु तथा मेकानिक्सहरुलाई एउटै परिवारमा बाँधेर विभिन्न सुविधाहरु उपलब्ध गराउनु रहेको छ । जसमा म्याक परिवारका सदस्यहरुले मेकानिक बीमा, शैक्षिक छात्रवृत्ति, होलिडे प्याकेज, फेमिली डिनर तथा योगाका कक्षाहरु लगाएतका सुविधाहरु प्राप्त गर्न सक्नेछन् । यस बाहेक अन्य सुविधाहरु, व्यावसायिक तालिम, ल्युब्रिकेन्ट सम्बन्धी ब्रोशर(बुकलेट र अन्य सामाग्रीहरु लगायत प्राप्त गर्न सक्नेछन् ।

यसको साथै कोहलपुरमा रहेको दुर्गा मोटो पार्ट्सलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ । म्याक सर्भमा ग्राहकले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्ने म्याक परिवारले जनाएको छ ।

जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरि मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ । यस वर्कशपमा ग्राहक महानुभावहरुले कुनैपनि ब्राण्डको मोटरसाईकल तथा स्कुटरहरुको सर्भिसिङ गरि उत्कृष्ट सेवा प्राप्त गर्न सक्नुहुनेछ ।

यस वर्कशपले बिभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउदै आइरहेको छ । म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा फेब्रुअरी २०२१ को अन्तिमसम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्ट्समा १५ प्रतिशत, लेबर चार्जमा २० प्रतिशत र अन्य पार्टस् हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।  

यस कार्यक्रममा भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडका तर्फबाट म्याक ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी ट्रेडिङ्ग प्रा. लि. का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।  
 

अन्तिम अपडेट: बैशाख १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया