प्रभावकारी बन्दै ‘छोरी खाता’ कार्यक्रम

 फागुन २७, २०७७ बिहिबार १०:४३:५६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – बालविवाह नियन्त्रण गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारद्वारा लागू गरिएको छोरी खाता सञ्चालन कार्यक्रमअन्तर्गत रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा निवेदन दिनेको सङ्ख्या बढ्दै गएको छ । गएको वर्ष जम्मा एक सय ५४ जनाको मात्र निवेदन प्राप्त भएकोमा यस आर्थिक वर्षको साउन महिनायता तीन सय ६४ जनाले निवेदन दिएका छन् । 

‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ भन्ने नाराका साथ कर्णाली प्रदेश सरकारद्वारा यो कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमअन्तर्गत नगरपालिका क्षेत्रमा बसोबास गर्ने आमाबाट जन्मिएका छोरीहरुको नाममा खाता सञ्चालन गरिएको मुसिकोट नगरपालिकाले जनाएको छ । यस खातामा सरकारले पहिलो महिनामा एक हजार र त्यसपछिका हरेक महिनामा पाँच सयका दरले पैसा जम्मा गरिदिने छ । त्यसका लागि खाता सञ्चालन भएको व्यक्ति २० वर्ष नपुग्दासम्म विवाह गर्न भने पाइने छैन ।

उमेर पुगेरमात्र बिहे गर्ने संस्कारको विकास होस् भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको मुसिकोट नगरपालिकाकी उपमेयर प्रेमकुमारी सुनारले जानकारी दिनुभयो । यस कार्यक्रमअनुसार २० वर्ष पुदासम्म खातामा जम्मा भएको रकम छोरी २० वर्षको पुगेपछि मात्र आफैले निकाल्न मिल्नेछ । उपमेयर सुनारले बालविवाह रोक्न, बालविवाहले निम्त्याउने समस्या हटाउन र सबैलाई कानुनी रुपमा सचेत गराउन कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।

मुसिकोट नगरपालिकाको व्यक्तिगत घटना तथा सुदृढीकरण आयोजनामा कार्यरत एमआइएस कम्प्युटर अपरेटर दुविधा ओलीले गएको वर्ष प्रदेश सरकारबाट जम्मा ६ लाख रुपैयाँ रकम आएको र त्यो रकम अपुग भएपछि एक सय ४४ जनाको मात्रै जम्मा गरिएको जानकारी दिनुभयो । यस वर्ष भने पहिला छुटेका र नयाँ निवदेन आएका सबैको रकम जम्मा गरिने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया