एक वर्षमा विपद्का घटनाबाट एक अर्ब २३ करोड रुपैयाँ बराबरको भौ...
बैशाख २१, २०८१ शुक्रबार
बाँके – बाँकेमा यही वैशाख ९ गतेदेखि लकडाउन गर्न जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरेको छ । डीसीसीएमसीको मङ्गलवार (आज) बसेको बैठकले अत्यावश्यक सेवा र निर्माण कार्यबाहेक सवै सेवा र काम कम्तीमा सात दिनसम्म प्रतिबन्ध लगाउन वा लकडाउन गर्न प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सिफारिस गरेको हो ।
बैठकले जिल्लाभर स्वास्थ्य मापदण्ड पालनाका लागि प्रचारप्रसार गर्ने, स्वास्थ्य उपचार र अत्यावश्यक कामबाहेक सीमा नाकामा आवागमन बन्द गर्ने, पालिकामा आइसोलेसन केन्द्र सञ्चालन गर्ने, मापदण्ड पुगेको होटलमा सशुल्क आइसोलेशन राख्ने निर्णय गरेकाे छ ।
त्यस्तै भेरी अस्पताललाई तत्काल आवश्यक अक्सिजन व्यवस्थापनका लागि अनुरोध गर्ने, कोभिड व्यवस्थापनमा आवश्यक भएकाले जिल्ला समन्वय समितिमा रहेको कोषको रोक्का खाता फुकुवाका लागि अर्थ मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बाँकेमा मङ्गलवार मात्रै दुई सय ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।