एकपछि अर्को गर्दै बीजेपीलाई धक्का, २०१९ मा मोदीलाई रोक्लान् त विपक्षीले ?

 जेठ १७, २०७५ बिहिबार २०:३:४२ | उज्यालो सहकर्मी

जेठ १७ – भारतमा लोकसभाको चार वटा क्षेत्र तथा विधानसभाका १० क्षेत्रमा मे २८ मा  भएको उपचुनावको नतिजा आएको छ । 

उपचुनावको नतिजालाई आउँदो वर्ष हुने भारतीय लोकसभाको चुनावलाई जोडेर हेरिएको छ । यो चुनावलाई भारतीय जनता पार्टी(बीजेपी) तथा महागठबन्धनका लागि अग्निपरीक्षाका रुपमा हेरिएको छ । बीजेपीले लोकसभाको एक र विधानसभाको एक क्षेत्रमा मात्रै जित हात पारेको छ ।

उत्तर प्रदेशको कैराना, महाराष्ट्रको भण्डारा–गोंदिया र पालघर तथा नागाल्याण्डको एउटा क्षेत्रमा लोकसभाको उपचुनाव भएको थियो । 

उत्तर प्रदेशमा योगी आदित्य नाथ मुख्यमन्त्री बनेपछि बीजेपीको लोकप्रियता घटेको यस पटकको उपचुनावले पनि देखाएको छ । यसअघि फूलपुर तथा गोरखपुर क्षेत्र गुमाएको बीजेपीले यसपटक उत्तर प्रदेशको कैराना क्षेत्र गुमाएको छ । कैरानामा विपक्षी गठबन्धनको तर्फबाट राष्ट्रिय लोकदलकी तबस्सुम हसन विजयी भएकी छिन् । यो क्षेत्र सन् २०१४ को लोकसभामा बीजेपीले जितेको थियो । महाराष्ट्रको पालघर भने बीजेपीले सुरक्षित गरेको छ । महाराष्ट्रको भण्डारा–गोंदिया क्षेत्र भने बीजेपीको हातबाट शरद पावरको पार्टी नेसनल कंग्रेसको मा गएको छ । नागाल्याण्डमा भने बीजेपीकै एलायन्स पार्टी एनडीडीपीले जितेको छ । 

त्यस्तै विभिन्न राज्यका १० विधानसभा क्षेत्रमा भएको चुनावमा भने बीजेपीले एउटामा जित हात पारेको छ । उत्तराखण्डको थारलीमा बीजेपीले आफ्नो सिट सुरक्षित गरेको छ भने उत्तर प्रदेशको नूरपुर भने गुमाएको छ । नूरपुरमा समाजवादी पार्टीले जित हात पारेको छ । अन्य क्षेत्रमध्ये कांग्रेसले ३, झारखण्ड मुक्ति मोचाले २, राष्ट्रिय जनता दलले एक, सीपीआईएमले एक, तथा तृणमूल कांग्रेसले एक सिटमा जित हात पारेको छ । 

कर्नाटक विधानसभा चुनावपछि बीजेपीइतरका दलहरु गठबन्धन बनाएर अगाडि बढेका छन् । साथै सन् २०१४ को चुनावपछि भएका लोकसभाका २३ उपचुनावमा बीजेपीले जम्मा ४ सिटमा जित हात पार्नुले उसको लोकप्रियता घटिरहेको अनुमान गर्न सकिन्छ । अहिलेको चुनावले गठबन्धनले २०१९ मा मोदी र उनको पार्टी बीजेपीलाई धक्का पुग्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया